गोल्डेन स्टार मल्टिमिडिया प्र.लि को आयोजनामा खुल्ला एकल गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल टप टेन छनौट प्रतियोगिता बुधवार इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको छ । उद्योग वाणिज्य संघका बरिष्ट उपादक्ष शैलेश विष्टको प्रमुख आथित्यतामा भएकोे प्रतियोगितामा सभापती बसन्त वस्नेत, अथितीहरु नन्दा टेलर्सका प्रो भुपेन्द्र श्रेष्ठ, नागि डान्स सेन्टरका संरक्षक सुभास कार्की, इटहरीका व्यावसयी तथा समाज सेवी योगेन्द्र थापा, सञ्चारकर्मी तथा गायिका चन्दा खड्का, अविभावक ,दर्शक तथा पत्रकार लगायतको उपश्थिती रहेको थियो ।
गोल्डेन स्टार मल्टिमिडिया प्र.लि को आयोजनामा खुल्ला एकल गायन तथा नृत्य प्रतियोगिताको सिजन ४ मा जम्मा १६ जना प्रतिस्प्रधीहरुको सहभातिा रहेको थियो । सो प्रतियोगिताको निर्णायकहरुमा निरुता गुरुङ्ग,र सरन गुरुङ्ग रहनु भएको थियो । नागि डान्स सेन्टरका संरक्षक सुभास काकीले स्वागत मन्तव्य र शुभकामना दिनुभएको थियो भने नन्दा टेलर्सका प्रो भुपेन्द्र श्रेक्ष्ठले विदेशी च्यानलहरुमा हेदै आएको आइडल अव नेपालमा विभिन्न ठाउँमा यस्ता प्रतियोगितहरु सञ्चालनमा आएको प्रशंसा गर्नुहुदै सम्पुर्ण प्रतियोगिताका प्रतिस्प्रधीहरुलाई सफलताको शुभकामना दिुन भएको थियो ।
माघ महिनामा पोखरामा हुने सुपर मेगा राउण्डकालगी १२ जना प्रतिस्पर्धीहरुको छनौट गरिएको छ । १६ जना प्रतिस्प्रधीहरुमध्ये वाट नृत्य तर्फ ९ जना र गायन तर्फ ३ जना को छनोट भएको थियो । नृत्य तर्फ छनोैटमा मुस्कान तामाङ्ग, मिनु विक, सोनु मगर, बन्दना राई, सुमिना श्रेष्ठ, रेजिना गुरुङ्ग, स्वस्तिका भेटवाल, सुमि श्रेष्ठ र विजय राई छनोटमा पर्नुभएको छ । भने गायन तर्फ अंकुर भट्टराई, चिराग भट्टराई र कैलाश अधिकारी छनोटमा पर्नु भएको छ । प्रायदिप राई,र सपना श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने प्रतियोगिताका सभापती बसन्त वस्नेत कार्यक्रमको समापन गर्नुभएको थियो ।