२३ मंसिर, भोजपुर । भोजपुर टक्सारमा रहेको एक मात्र विमानस्थल तीन महिना सम्मको आगि वन्द गरिएको छ । विमान स्थलको स्थर उन्नतिको काम भई रहेकोले कालोपत्रे गर्नको लागि मंसिर २४ गते देखि फागुन २५ गते सम्मको लागि बन्द गरिएको नेपाल बायु सेवा निगम भोजपुरका प्रमुख नारायण पुरीले जानकारी दिए ।

२०७१ सालबाट धावन मार्गको स्तर उन्नतिको काम भईरहेको थियो । २०३६ देखि सञ्चालनमा आएको बिमानस्थलको कालोपत्रे नहुादा घाँसे मैदानमा नै उडान भई रहेको थियो । विमान स्थाल ५ सय ४५ मिटर लम्बाई र २० मिटर चौडाईको रहेको छ । निर्माणको जिम्मा कालिका प्यासेफिक जेभी कन्ट्रक्सनल लिएको छ ।

भोजपुरमा नेपाल बायु सेवा निगमको जहाजले हप्तामा काठमाण्डौका लागि ४ र बिराटनगरका लागि ३ उडान गर्दे आइ रहेको थियो । त्यस्तै निजी उडान कम्पनी तारा एअरलाइन्सले काठमाण्डौका लागि एउटा उडान भर्दै आएको थियो । उडान वन्द भए संगै जिल्ला अस्पातलबाट रिफर गरिएका विरामी, वृद्ध वृद्धा असक्त नागरिकलाई भने समस्या हुने भएको छ । स्तर उन्नतिका लागि उडान बन्द हुनु स्वभाविक भए, पनि काम तोकिए कै समयमा सम्पन्न गर्न सवैले पहल गर्नु पर्ने स्थानियको माग छ ।

तपाईको प्रतिक्रिया