मंसिर २४ इनरुवा /सुनसरी सदरमुकाम इनरुवामा अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता आयोजना गरिएको छ ।


यूपिएस इनरुवाले आयोजना गरेको प्रावि स्तरीय नृत्य प्रतियोगितामा १५ वटा निजी विद्यालयले सहभागिता जनाएका छन् ।
इनरुवा ९ बलाहामा रहेको सूर्य किरण एकेडेमीमा आयोजना गरिएको प्रतियोगितामा सहभागिता जनाएका विद्यालयका छात्रछात्राहरुले नृत्य प्रस्तुत गरेका छन् ।


प्याप्सन सुनसरीका बरिष्ठ उपाध्यक्ष विष्णु कोइराला तथा यूपिएस इनरुवाका अध्यक्ष मनोज यादव लगायतको उपस्थितीमा प्रतियोगिता आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न विद्यालयका प्रअ तथा संचालकहरुको उपस्थिती रहेको छ ।


बालबालिकाको कला प्रस्फुटन गर्ने उद्येश्यसाथ नृत्य प्रतियोगिताको आयोजना गरिएको यूपिएसले जनाएको छ । युनियन अफ प्राइभेट स्कूल यूपिएस इनरुवामा रहेका नीजि विद्यालयहरुको साझा संगठन हो ।

तपाईको प्रतिक्रिया