२४ मंसिर, मोरंग। मोरंगको कदमाहा २ स्थित रंगेली-विराटनगर सडकमा शुक्रबार बिहान ट्याक्टरले ठक्कर दिएर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ कटहरी ९ बस्ने शंकर सहनीको अन्दाजी १५ वर्षिया छोरी मिनिषा कुमारी सहनी रहेकी छिन।
कदमाहा २ स्थित राईस मिल अगाडी बिहान १० बजे पूर्वबाट आउदै गरेको को. २ त १३७४ नम्बरको ट्याक्टरले ठक्कर दिएर बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।ठक्कर दिने ट्याक्टर चालक फरार रहेकाले प्रहरीबाट खोजतलाश भइरहेको छ।

तपाईको प्रतिक्रिया