belbari patrakarita talim

२४ मंसिर, बेलबारी । सञ्चार माध्यायमहरुका लागी दक्ष जनशत्ति उत्पादन गर्ने लक्ष्यका साथ मोरङको बेलबारीमा शुक्रबार देखि एकहप्ते आधारभुत रेडियो पत्रकारिता तथा उदघोषण तालिम शुरु भएको छ ।सञ्चार क्षेत्रमा रुचि भएका र केही गर्न चहानेहरुका लागी रेडियो बेतना ९७.१ मेगाहर्जको आयोजनामा सो तालिम शुरु भएको हो । तालिमको शुक्रबार एक कार्यक्रमका बिच रेडियो बेतनाका अध्यक्ष तथा सञ्चारउद्यमी राजकुमार लिम्बुले उदघाटन गरेका छन ।

तालिममा बेलबारी र आसपासका २ दर्जन बढी प्रशिक्षार्थीहरु सहभागी भएका छन । तालिममा बेतना दैनिकका सम्पादक तथा रेडियोका पुर्ब स्टेशन प्रमुख नरेन्द्र बस्नेत लगायत स्थानीय सञ्चारकर्मीहरुले समेत सहजिकरण गर्ने तालिमका संयोजक उत्तम पोख्रेलले जानकारी दिएका छन ।

belbari patrakarita talim1

तपाईको प्रतिक्रिया