२४ मंसिर,  दिलिप साह राजविराज। मैथिली साहित्य परिषद राजविराजका पूर्व अध्यक्ष ई. भोजदेव मण्डलको ७९ वर्षको उमेरमा निधन भएको छ । सप्तरीको लौनियाँ गाउँ विकास समिति वडा नम्बर–४ स्थितको आफ्नै घरमा उहाँको बिहीबार निधन भएको हो । मण्डल विगत केही समयदेखि विरामी रहँदै आउनु भएको थियो । सरकारी जागिरमा रहँदा देशका विभिन्न जिल्लाहरुमा काम गरी कुशल ईन्जिनियरको रुपमा चिनिनु भएको थियो ।

शालिन एवम् भद्र स्वाभावका उहाँ २०६३–६४ सालताका मैथिली साहित्य परिषद्को अध्यक्षको जिम्मेवारीमा रहेर मैथिली भाषा, साहित्य एवम् कला क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रसँग समेत आवद्ध रहेका उहाले समाज सेवा तथा भाषिक आन्दोलनमा सक्रिय रहँदै आउनु भएको थियो । उहाँको अन्तिम संस्कार शुक्रवार गरिने पारिवारिक श्रोतले जनाएको छ । उहाँका तीन छोरा क्रमशः प्रा. तेजनारायण, चन्देश्वर जितेन्द्र र एक छोरी छन ।

तपाईको प्रतिक्रिया