15451035_1249484078432850_614630778_n
मंसिर २५ इनरुवा/ परिवार नियोजनको साधन प्रयोग गर्नेमा पुरुषको संख्या अतिनै न्यून छ । सुनसरीमा प्रति एक हजारमा दश जना पुरुषले पनि परिवार नियोजनको साधन अपनाउने गरेको पाइदैन् ।जिल्ला स्वास्थ्य कार्यालय सुनसरी परिवार नियोजन शाखाका अनुसार प्रति वर्ष जिल्लाभर बढीमा एकहजार जनाले परिवार नियोजन सेवा लिने गरेका छन् । जसमा सेवा लिनेहरु अधिकांश महिलाहरु छन् ।

पुरुषको संख्या बढाउन जिल्ला स्वास्थ्य कार्यालयले प्रयास गरेतापनि आशातित उपलब्धी भने हात लाग्न सकेको छैन् । पुरुषहरुले शारिरीक अशक्तता र अन्य सामाजिक कारण देखाउँदै परिवार नियोजनका साधन अपनाउन नमान्ने गरेको परिवार नियोजन अधिकृत धरणीधर निरौलाले बताए । निरौलाका अनुसार पहाडी समूदायका छिटपुट पुरुषहरु सेवा लिन आउने गरेतापनि मधेशी समूदायमा सेवा लिनेको संख्या शुन्य छ ।

15493900_1249484141766177_1428095366_n
सेभ द अर्थ सुनसरीले व्यवस्थित परिवार नियोजन र विकसित अवधारणाको विकास सन्दर्भमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा जिल्लाको अवस्था र सेवा प्रवाहमा सरोकारवालाहरुको भूमिका विषयमा छलफल चलाइएको थियो ।कार्यक्रममा सहभागि सरोकारवालाहरुले पुरुष बन्ध्याकरणको संख्या वृद्धिका लागि सचेतना मूलक कार्यक्रम अघि बढाउन आवश्यक रहेको औंल्याए । पत्रकार सम्मेलनमा सेभ द अर्थका अध्यक्ष पुष्प भट्राईका साथै कार्यक्रम संयोजक मिना श्रेष्ठले परिवार नियोजनको साधनको प्रयोग र चुनौति बारे सहजिकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया