२८ मंसिर, झापा। झापाको मेचीनगर नगरपालिका १० बाट सोमबार लागूऔषध नाइट्रोसन ट्याब्लेट सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालाक १ बस्ने बिशाल दुलाल रहेका छन्। दुलालको साथबाट एक सय पिस नाईट्रोसन ट्याब्लेट बरामद भएको छ। पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ।

तपाईको प्रतिक्रिया