insec report balika balatkar rape
अमर काफ्ले इनरुवा मंसिर २८/ सुनसरीमा एक वर्षको अवधीमा ३६ जनामाथि बलात्कार भएको छ । सन् २०१६ को जनवरी देखि डिसेम्बर सम्मलाई आधारमानि इन्सेकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा सुनसरीमा बलात्कारका घटनाको संख्या ३६ देखाएको हो ।

तथ्यांकले सुनसरीमा बलात्कृत हुनेमा बालिकाको संख्या उच्च देखाएको छ । इन्सेक जिल्ला प्रतिनिधी शेखर ढकालद्धारा सार्वजनिकप्रतिवेदनमा २३ जना बालिका बलात्कृत भएको विवरण उल्लेख छ । एक वर्षे अवधिमा जिल्लामा २३ जना बालिका बलात्कृत हुँदा ८ जना बालिका उपर बलात्कारको प्रयास भएको छ । त्यसैगरी १३ जना महिला समेत सो अवधीमा बलात्कारको शिकार भएका छन् ।

insec report balika balatkar rape1

प्रतिवेदनका अनुसार ८ जना महिलामाथि समेत बलात्कार प्रयास भएको छ । २३ जना बालिका मध्ये १० जनाको उमेर १० वर्ष भन्दा कम छ । बलात्कार प्रयास गरिएका अधिकांश बालिका समेत १० वर्षभन्दा कम उमेरका छन् । ललाईफकाई छिमेकीबाटै अधिकांश बालिकाहरु बलात्कृत भएको तथा बलात्कारको प्रयास भएको इन्सेक सुनसरीको तथ्यांकले देखाएको छ । इन्सेकको तथ्यांकले पछिल्लो वर्ष सुनसरीमा बलात्कारका घटनामा वृद्धि भएको देखाएको हो ।

अघिल्लो वर्ष सुनसरीमा कुल जम्मा १८ वटा बलात्कारका घटना भएकोमा यसवर्ष ३६ वटा बलात्कार भएको इन्सेक प्रतिवेदनमा समावेश छ ।
सरोकारवालाहरुको उपस्थितीकावीच सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनमा एक वर्षको अवधीमा ४ वटा महिला हत्या, बालअधिकार हनन्का ३२, महिला अधिकारका २१, मानव वेचविखन तथा ओसारपसार सम्वन्धि २ वटा घटना उल्लेख छ । इन्सेकले समावेश गरेका ६० वटा घटनामा ५८ वटा महिलासँग सम्वन्धित छन् ।

insec report balika balatkar rape2

तपाईको प्रतिक्रिया