surachit aprabasan tamil police mahila1
इनरुवा मंसिर २८ / ज्ञान र सीप अभावमा वैदेशिक रोजगारमा जाने प्रचलनले विदेश जानेहरु समस्या पर्ने गरेको तर्फ सचेतना अपनाउन स्थानीय तहबाटै प्रयास थालनी गरिएको छ । शनिवार इनरुवामा सुरक्षित आप्रवाशन समबन्धी प्रहरी सँग गरिएको अन्र्तक्रियामा विदेशको बजारमा माग भएको सिप अनुसारको दक्ष जनशक्त्ती रोजगारमा नजादाँ विभिन्न समस्याहरु आउने गरेको बारेमा चर्चा चलाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरी माताहतका ४० जना प्रहरी कर्मचारी र जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी सहभागी अन्र्तक्रियामा प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडयालले विचारै नपुरयाई वैदेशिक रोजगारीमा जाँदा समस्याहरु निम्तने बताउनुभयो । अन्र्तक्रियामा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक पोषराज पोखरेलले वैदेशिक रोजगारी समबन्धी ठगीमा स्थानिय स्तरमा न्याय सम्पादनका लागी प्रहरीको भुमिका , हद म्याद कसुर र सजायका बारेमा बोल्दै वैदेशिक रोजगारका क्रममा देखिएका मुख्य मुद्धाहरुका सवालमा प्रहरी कर्मचारीलाई निर्देशन दिएका थिए ।

मातहातका प्रहरी चौकी देखी इलाका सम्मले पिडीतको व्यवहारिक स्थिती हेरेर कसैको प्रभावमा नपरि न्याय सम्पादन गर्न पोखरेलले निर्देषन समेत दिए ।  सिएसडिसीको आयोजना र हेल्भेटास सामि परियोजनाको सहयोगमा अन्र्तक्रियाको आयोजना गरिएको हो ।

surachit aprabasan tamil police mahila

तपाईको प्रतिक्रिया