hurramahotsav belbari narendra

२९ मंसिर, नरेन्द्र बस्नेत बेलबारी । मोरङको बेलबारीमा दोस्रो पुर्बाञ्चल हुर्रा महोत्सब तथा ३ कदमे हुर्रा नृत्य प्रतियोगीता सम्पन्न भएको छ ।
मंगलबार सम्पन्न प्रतियोगीतामा लेटाङ हुर्रा समुह प्रथम भएको छ भने धरान नगरपालिकाको हुर्रा समुह दोस्रो तथा लेटाङ भोगटेनिको समुह तेस्रो भएका छन । नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोक्का मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साँस्कृतिक नाचघरका महाप्रबन्धक राजेश थापा मगर लगायतका अन्य बत्ताहरुले आफनो धारणा ब्यत्त गरेका थिए ।

महोत्सब नेपाल मगर संघ मोरङका अध्यक्ष शम्भु रानामगरको अध्यक्षतामा सम्पन्न भएको छ । प्रथम हुनेले नगद १० हजार दोस्रो हुनेले नगद ७ हजार र तेस्रो हुनेले नगद ५ हजार प्राप्त गरेको नेपाल मगर संघ बेलबारीका उपाध्यक्ष केशब थापा मगरले बताए । उता सोही पर्वकै अबसरमा सुनसरीको बक्लौरी ८ मा रहेको एमानसिंह चेम्जोङ स्मृति पार्कमा अन्तरधार्मिक राष्ट्रिय साँस्कृतिक महामेला आयोजना भएको छ । उभौली पुर्णिमाको अबसरमा आयोजित मेलामा चेपाङ,राउटे,डेउडा,दनुवार,कोचे,सतार,झाँगर,नेवार,धिमाल,मगर,मुसलमान,बालन नाच,चण्डी नाच, च्याब्रुङ नाच,हायु नाच,शेर्पा नाच,धुम्रा नाच,बान्तवा नाँच,सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया