मंगलबार, २४ कार्तिकaccident-board_116618

रौतहट । चन्द्रपुर नगरपालिका–१३ स्थित गौर चन्द्रनिगाहपुर सहायक राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै  गरेको ना ३३ प २०६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ९७९२ नम्बरको मिनी ट्रक जुध्दा मोटरसाइकलमा सवार सबैको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय औरैया गाविस–२ बस्ने २२ वर्षीय विवेक सिंह, २५ वर्षीय जयप्रकाश गुप्ता, २४ वर्षीय कामोद सिंह र सखुअवा धमौरा गाविसका २६ वर्षीय रुपेशकुमार यादव छन् ।

प्रहरीका अनुसार घाइते भएका गुप्ताको उपचारका क्रममा चन्द्रनिगाहपुर अस्पतालमा र बाँकीको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि मिनी ट्रकका चालक फरार छन् । शव परीक्षणका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया