२९ मंसिर, सुनसरी। सुनसरीको दुहबी-भलुवा नगरपालिका -४ मा मंगलबार बिहान टिपरले ठक्कर दिएर साइकलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङ पथरी-शनिश्चरे नगरपालिका ४ बस्ने अन्दाजी ४० वर्षका नारायण लुईटेल रहेका छन। लुईटेललाई बिहान ११ बजेतिर ईटहरीबाट बिराटनगरतर्फ आउदै गरेको को. १ ख ४६६९ नम्बरको टिपरले ठक्कर दिएको थिय।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागी बिराटनगरतर्फ लैजानेक्रमा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ। टिपर र चालक इलाका प्रहरी कार्यालयमा राखीएको छ।

तपाईको प्रतिक्रिया