zebracross road belbari narendra

२९ मंसिर, नरेन्द्र बस्नेत बेलबारी । अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलबारीले नेपाल रेडक्रस सोसाईटी र स्थानीय समाजसेवी संघसंस्था तथा युवाहरुको सहयोगमा बिभिन्न ठाँऊमा जेब्राक्रस निर्माण गरिरहेको छ ।

बेलबारीको मालपोत चौक,लालभित्ति चौक,कोसीहरैचाको कोशी हरैचा १ खोर्सानेमा रहेको सुकुना उच्च मा,बि अगाडी लगायतका ठाँउमा जेब्राक्रस निर्माण गरिरहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलबारीका प्रमुख लिला श्रेष्ठले जानकारी दिएका छन । पछिल्लो समय सडक दुर्घटनाबाट बच्नका लागी जनचेतना अभियानमा समेत प्रहरीले सक्रियता देखाउन थालेको छ ।

पुर्बपश्चिम् राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्य तथा पैदलयात्रीहरुलाई सहज रुपमा बाटो क्रस गर्नका लागि सहज बनाउने उद्धेश्य अनुरुप जेब्राक्रस निर्माण गरि सो सम्बन्धि पर्चा पम्प्लेट समेत बितरण गर्दै आएको श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया