baklauri sinchai bebsthapan

२९ मंसिर , सुनसरी। हरेक बर्ष धरानमा उत्पादन हुने फोहोर खहरेले बगाएर बकलौरीबासीमा त्रास फैलिने र खेतबारी पुरिने गरेको विषयमा नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाले कडा बिरोध गरेपछि धरान उपमहानगरपालिकाले यो बर्ष पैनी सफाई गरिदिएको छ ।
नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाका केन्द्रिय अध्यक्ष पुष्प प्याकुरेलको अगुवाइमा बकलौरीका किसानहरुले वडा नम्वर ६ को सिचाईका पानीको पैनीमा धरानको बाढी र फोहोरले हरेक बर्ष पुरिई घरभित्र समेत महामारी सङ्क्रमण फैलने बिषालु वस्तु आएर हैरानी बनाउने गरेपछि त्यहाँका स्थानीयवासीले धरान उपमहानगरपालिका विरुद्ध आन्दोलन गरेका थिए ।

किसानका आन्दोलनपछि धरान उपमहानगरपालिकाले खहरेले बगाउने फोहोर ब्यवस्थापनसँगै पुरिएको बकलौरीको पानीको पैनी समेत सफाई गरिदिने सहमति भएपछि किसान नेता प्याकुरेलको अगुवाईमा साढे ४ किलोमिटर पैनी सफाई र फराकिलो बनाउने कार्य सम्पन्न गरेको छ । त्यसका लागि धरान उपमहानगरपालिकाले २ लाख २८  हजार रुपियाँ र स्थानीयवासी किसानको ५६ हजार समेत गरी कुल २ लाख ८४ हजार बढिको लागतमा उक्त पैनी सफाई गरी त्यत्तिकै लामो सडक समेत विस्तार गर्ने कार्य सम्पन्न भएको र याँहाका किशानका लागी सिचाई गर्न अब सहजहुने अभियानका संयोजक एवम किसान राष्ट्रिय स्वतन्त्र मोर्चाका केन्द्रिय अध्यक्ष प्याकुरेलले बताए ।

स्थानीयवासीका अनुसार सरकारी सक्रियतामा हुने हो भने यो काम कम्तिमा बीस लाखभन्दा बढिको काम भएको र अव बकलौरी ६ का किसानहरुले हरेक बर्ष खेती पुरिने र बसोवास बस्तीमा भेलसँगै आउने फोहोरबाट अलिकति सुरक्षित बन्न सकिने ब्यवस्था भएकोमा खुशी ब्यक्त, गरेका छन । पैनीको सफाई र सडक पुननिर्माण कार्यले कम्तिमा २ हजार बिगाह जमिन सुरक्षित बन्न पुगेको टेकबहादुर बिष्टले थप जानकारी दिदै अव भने ढुक्कले खेतबारी सुरक्षित हुने तथा घर आँगनमा दुर्गन्धित फोहोर आएर हैजा लाग्लाकी भन्ने डर नहुने अवस्था भएकोमा धेरै खुशी  भएको बताए  ।

धेरै बर्षदेखिको पीडाबाट बल्ल मुक्ति पाईने भयो भन्दै स्थानीयवासी बिशाल चौधरीले पनि धरानको पीडाले हरेक बर्ष घर आँगन नै दुर्गन्धित हुने र खेतबारीमा अस्पताजन्य फोहोर सिरिन्ज कुहिएका लाश लगायतका बस्तुको दुर्गन्धबाट अव भने सुरक्षित भईन्छ कि भन्ने आशा जागेको बताए ।पैनीको सफाई र विस्तार अनि सडक विस्तारले पुनम चौधरीलाई पनि खुशी तुल्याएको उल्लेख गर्दै अव भने घर आँगनमा आउने फोहोर अनि पैनीमा आउने दुर्गन्धित फोहोरले हैजा फैलाउने हो कि भन्ने खतराबाट ढुक्क भएकोमा खुशी तुल्याएको बताइन  ।

नभन्दै बकलौरीको ६ देखि सुनसरी मोरङ्ग सिँचाई आयोजनाको नहरसम्मै पैनीको सफाई र विस्तार भएपछि बस्तीमा धरानका खहरेबाट उर्लिएर आउने फोहोर बस्तीमा पस्ने बिगतको दुखद पीडा अव नहुनेमा बकलौरीबासीमा ढुक्क बनाई दिएको छ । स्थानीइवासीले विस्तार गरेको सडकमा गाविस र जिविसको सहयोगमा सडक समेत ग्राभेल गर्ने योजना रहेको पनि अध्यक्ष प्याकुरेलले बताएका थिए ।

तपाईको प्रतिक्रिया