wilsin-bikram-rai-takia

काठमाडौं । ‘तक्मे बुढा’ उपनामबाट परिचित हाँस्य कलाकार विल्सन विक्रम राई बलिउडमा खेल्दैछन् । बलिउड नायिका आयशा टाकियासँग अभिनय गरेको फिल्मको छायांकन भारतको पुनेमा भइरहेको छ ।

आयशा अभिनित बलिउड फिल्ममा विल्सनका झण्डै १५ वटा सिन रहेको बताइएको छ । उनले नेपाली ढाकाटोपीमा नेपाली पहिचानमै अभिनय गरेका छन् । विल्सनले आयशा टाकियासँग सेल्फी खिचेरसमेत आफ्नो फेसबुकमा राखेका छन् । झापाका विल्सन हाँस्यब्यङग्य टेलिश्रृंखला मेरी बास्यैबाट चर्चित बनेका हुन् । गायक समेत रहेका विल्सनले विभिन्न गीती एल्बमहरुसमेत निकालेका छन् ।

तपाईको प्रतिक्रिया