mobile girl

काठमाडौं, ३० कात्तिक । तपाई स्मार्टफोन प्रयोग गर्नुहुन्छ ? गर्नुहुन्छ भने यसका फाइदा र बेफाइदाबारे जान्न उत्तिकै जरुरी छ । हुन त प्रविधिको विकासले मानिसहरुलाई जति सघाईरहेको छ र कामलाई जसरी सजिलो बनाईरहेको छ उति नै प्रविधिले मानिसलाई अप्ठ्यारोमा पनि पार्न सक्छ ।

स्मार्टफोन तपाईको नीजि प्रयोगमा आउने प्रविधि हो । तर तपाई यस्तो गल्ती नगर्नुहोस् । यो नीजि मात्रै होइन । यसका केही बेफाइदाका बारेमा थाहा पाउनुभयो भने हैरान हुनुहुनेछ ।

तपाईले फोटो, भिडियो वा अन्य केही व्यक्तिगत फाइल स्मार्टफोनको इनटरनल मेमोरीमा सेभ गर्नुभएको छ भने त्यो गोप्य रहँदैन । उक्त स्मार्टफोन अर्को कुनै व्यक्तिको हातमा पार्नासाथ तपाईले सेभ गर्नुभएको फाइल सबै पुन हेर्न सकिन्छ ।

यसरी सामान्य मानिसले गर्ने गल्तीले मानिसको जिवन समेत नसोचेको बर्बादीतिर जान सक्छ । केही मुलुकहरु सेक्सटेपको रुपमा बाहिर आएका नीजि सेक्स फुटेजहरु यस्तै गल्तिका कारण बाहिरिएका हुन् ।

smart-data-recovery-mobile

तपाई कुनै पनि सामाग्री खिचेपश्चात वा सेभ गरेपश्चात डिलेट गरेपश्चात त्यो स्मार्टफोनमा रहँदैन भन्ने मान्नुहुन्छ भने त्यो गलत हो । फोनको इन्टरनल मेमोरीमा सेभ भएका सामाग्रीहरु कुनैपनि बेला पुन रिस्टोर गर्न सकन्छि ।

अझ नवजवान युवायुवतीले आफ्ना स्मार्टफोनहरुमा आफ्ना विवाहित या प्रेमजिवनका रमाइला र यौनजन्य क्लिपहरु लिने गर्छन् । उनीहरु नसोचेको समस्यामा पर्ने जोखिम झन बढी हुनेगर्छ ।

तपाई पुरानो भएपछि फोन अरु कसैलाई बेच्नुहुन्छ भने उसले तपाईका पुराना डाटाहरु पनि पाईरहेको छ भनेर बुझ्नुपर्छ । उसले चाहेको बेलामा तपाईले डिलेट गरेका फाइलहरु रिस्टोर गरेर तपाईका गोप्य सामाग्री हेर्न सक्छ ।

तपाई फोन बिग्रिएर मर्मत गर्न दिनुहुन्छ भनेपनि मर्मत गर्ने मानिसले तपाईको डाटा हेर्न सक्छ । यसरी तपाईको व्यक्तिगत वा संवेदनशिल डाटा अरुको हातमा पर्न सक्छ ।

बच्ने केही उपाएहरु

  • तपाई स्मार्टफोनको इनटरनल मेमोरीमा त्यस्ता केहीपनि गोप्य सामाग्री सेभ नगर्नुस् ।
  • यदी केही आफ्ना नीजि डाटा राख्न परेको खण्डमा स्मार्टफोनमा प्रयोग हुने एक्स्ट्रनल मेमोरी कार्डमा मात्रै सेभ गर्नुहोस् । र उक्त मेमोरीकार्ड फोन मर्मत गर्न दिदा वा कतै एक्स्चेन्ज गर्दा एक्स्ट्रनल कार्ड नदिएर आफैसँग राख्नुहोस् ।
  • त्यसरी सेभ गरेको मेमोरीकार्ड विग्रिएको खण्डमा मर्मतका लागी नलैजानुहोस् । त्यसलाई सिधै नष्ट गर्नुहोस् ।
  • यदी फोनमा तपाईलाई नीजि डाटा सेभ भएको शंका भए उक्त फोन तपाईले प्रयोग गरिसकेपश्चात नष्ट गर्नुहोस् ताकि कतै बेच्ने या एक्स्चेन्ज नगर्नुहोस् ।

तपाईको प्रतिक्रिया