१ पुष, काठमाडौं । यु–१९ एसिया कप क्रिकेटमा आज नेपाल र भारतको खेल सुरु भएको छ । उन्नाइस वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपाल भारतसँग खेलिरहेको छ । टस जितेर नेपालले व्याटिङ गरिरहेको छ । उन्नाइस वर्ष मुनिको एसिया कप क्रिकेटको आजको खेल श्रीलंकाको कोलम्बोमा सुरु भएको हो ।

बिहीबारको प्रतिस्पर्धामा आयोजक श्रीलंकासँग राम्रो खेल खेले पनि नेपाल १ रनले पराजित भएको थियो । श्रीलंकालाई टक्कर दिएको नेपाल भारतविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रिएको छ । श्रीलंका प्रस्थान गर्नु अघि नेपालका कप्तान सन्दिप लामिछानेले नेपाल भारतसँग डराउनु पर्ने अवस्था नरहेको बताइसकेका छन् ।

बिहीबार जितका लागि श्रीलंकाले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल खेल सकिन ३ बल अघि २ सय २६ रन बनाएर अल आउट भएको थियो । श्रीलंकामा बिहिबारै सम्पन्न खेलमा भारतले मलेसियालाई २३५ रनले पराजित गरेको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा श्रीलङ्का, भारत र मलेसिया तथा समूह बि मा पाकिस्तान, अफगानिस्तान, सिङ्गापुर र बङ्गलादेश छन्।

लाइभको लागि क्लिक गर्नुहोस

https://www.youtube.com/watch?v=j9_BVjgNJ-o

 

तपाईको प्रतिक्रिया