१ पुस, काठमाडौं ।नेपालले भारतलाई यु १९ एसिया कपमा आज १७३ रनको लक्ष्य दिएको छ । उपाधिको दाबेदार मानिएको टेष्ट मान्यता प्राप्त भारतलाई नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १७२ रन बनाएको हो ।श्रीलंकाको कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर १७२ रन बनायो।
नेपाल र भारतबीच खेलेको ४ भिडन्तमा सर्वाधिक ठूलो स्कोर बनाउने क्रममा नेपालका लागि रोहित कुमार पौडेलले अभिजित ६८ रन बनाए।यस्तै श्रीलंकाविरूद्ध ९० रन बनाएका दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए। यस्तै आशिफ शेखले १८, प्रकाश केसी १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रनको स्कोर पुर्याएनन्।
नेपालका २ खेलाडी शून्यमा आउट भए। भारतका लागि राहुल चहारले सर्वाधिक ५ विकेट लिए। यस्तै कमलेश नगरकोटी, यस ठाकुर, आयुश जम्बवाल र हिमांशु रानाले एक-एक विकेट लिए।