terhathum sankranti aaglagi fire

१ पुस, तेह्रथुम। अपरान्ह १२ बजेबाट तेह्रथुमको संक्रान्ति बजारमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन् ।आगलागीले गर्दा अहिलेसम्म २१ वटा घर जलेर नष्ट भएका छन् ।

स्थानीय अग्नि सेडाईंको घरबाट सुरु भएको आगलागीमा परी बद्रि सेढाई, दिपेश सिटौला, अमृत गहतराज, सूर्य गुरुङ, नारायणी गुरुङ, खड्ग आले, पूर्णबहादुर आले, बुद्धि गुरुङ, हिमलाल थापा, इन्द्र गौतम लगायतका २१ घर जलेर खरानी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले जनाए अनुसार हावा चलिरहेकाले आगो नियन्त्रणमा समस्या भएको हो। आगो नियन्त्रणका लागि पाँचथरको फिदिमबाट आएको दमकल, स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रयास गरिरहेका छन् ।

आगो निभाउनका लागि सशस्त्र र नेपाल प्रहरीको टोली गरी ५५ जना खटिएको अञ्चल प्रहरी कार्यालयको प्रमुख सफल पोर्तेलले जानकारी दिए । वजारका अन्य घरमा आगो सल्किन नदिन डोजर लगाएर घर भत्काउने कार्य भइरहेको प्रहरी नायव उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले बताए । बजार क्षेत्रको सडक साँघुरो भएकाले डोजर र दमकल छिराउन समस्या भएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया