kumar ghaite
२४ कात्तिक, काठमाडौं
गत भदौं ३ गते प्रहरी इन्काउन्टरमा मारिएका गुन्डानाइके कुमार घैटैंको शव ३ महिनापछि परिवारले बुझ्ने भएका छन्। कुमार घैटैंको श्रीमती पिंकी शेर्पा र दाजुले शव बुझ्नका लागि सबै कानुनी प्रक्रिया पूरा गरिसकेको काठमाडौं प्रहरी परिसरका एसपी विश्वराज पोखरेलले जानकारी दिए।
‘कुमार घैंटेका आफन्तले शव बुझ्ने गरी कागजात तयार पारिसकेका छन्, हाम्रो तर्फबाट पनि सबै प्रक्रिया पूरा भइसकेको छ,’ एसपी पोखरेलले भने। मकाउमा रहेकी घैंटेकी श्रीमती नेपाल आएर शव बुझ्ने प्रक्रिया अघि बढाउन प्रहरीसँग आग्रह गरेकी थिईन। उनले आफ्नो नाताप्रमाण प्रहरीसमक्ष उपस्थित भएकी थिईन्।
सहित म मकाउमा थिए, यता श्रीमान मारिए, शव शिक्षण अस्पतालमा बेवारिसेजस्तै बनेपछि अन्तिम काजक्रियाका लागि नेपाल आएको हुँ, पिंकीको भनाई उदृत गर्दै प्रहरीले भन्यो, शव राखे वापत शिक्षण अस्पतालमा तिर्नुपर्ने रकम पनि पिंकीले तिरिसकेकी छिन्।
शव बुझ्ने विषयमा उनी र घैंटेका दाजुबीच विवाद समेत भएको थियो। दुवै जनाले एक अर्काले शव बुझ्नुपर्ने माग राखेका थिए। दुवै जनाको रोहवरमा शिक्षण अस्पतालमा राखिएको घैटेको शव बुझाउने तयारी प्रहरीको छ।
कुमार घैटे नमारिएको भए केहि महिनाभित्र उ मकाउमा नै आउने थियो, पिंकीले समक्ष भनिन् हामीले उतै व्यापार गर्ने सोच बनाई प्रक्रिया अघि थालिसकेका थियौं।सेतोपाटिबाट

तपाईको प्रतिक्रिया