mamata-kandel us dead

अमेरीका / टेक्सास अमेरिकामा भएको कार दुर्घटनामा परि एक नेपाली छात्राको मृत्यु भएको छ । वासिङ्टनको सियाटलमा भएको दुर्घटनामा परि २१ ब्र्षिया छात्रा ममता कंडेलको मृत्यु भएको हो । बिहीबार बिहान वाशिंगटन राज्यको १९५ नामक राजमार्गमा भएको कार दुर्घटना हु“दा उनको घटनास्थल मै मृत्यु भएको प्रहरीले बताएको छ । शुरक्षा अधिकारीका अनुसार मृतक ममताको शब स्थानीय अस्पताल मै राखिएको छ । दुर्घटनामा चालक तथा अन्य पछाडि बसेकालाई सामान्य चोट लागेको भएपनि नेपाली छात्रा ममताको मात्रै ज्यान गएको बुझिएको छ ।

ममताका आफन्तले दिएको जानकारी अनुसार ममताले २०१४ मा आइडाहो विश्व बिद्यालय बाट समाज शास्त्रमा अध्ययन गरेकी थिइन् । जाडो मौसमको बिदाको लागि यही डिसेम्बर १९ तारीख नेपाल जाने तयारीमा समेत रहेकी ममताको बिहिबारै दुखत निधन भएको हो । ममता एक प्रतिभाशाली छात्रा भएको र उनले महिला बेच बिखन तथा महिलाका बिषयमा वकालत गर्दै आएको उनका आफन्तजनले बताएका छन् ।

हिउ“को कारण सडक चिप्लो हु“दा कार चिप्लिन गई सो दुर्घटना भएको प्रहरीको भनाइ छ । स्थानीय प्रहरीका अनुसार उत्तर तर्फ गई रहेको अवस्थामा कार हिउ“मा अनियन्त्रीत भई माल बाहक सवारी संग ठोक्कीएर दुर्घटना भएको हो ।

 

तपाईको प्रतिक्रिया