२ पुस, मोरङ। शनिबार मोरङको सोराभाग-३ स्थित रंगेली-विराटनगर सडकमा एक आपसमा दुई मोटरसाइकल ठोक्किंदा तीन जना घाइते भएका छन। पूर्वबाट पश्चिमतर्फ जादै गरेको को ५ प ७४६९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको को ८ प १२६७ नम्बरको मोटरसाइकल शनिवार दिउँसो  एक अर्कासंग ठोक्किएको हो।

दुर्घटनामा दुबै मोटरसाइकलमा सवार मोरङ विराटनगर १० बस्ने ३८ वर्षिय नारायण खतिवडा, विराटनगर १२ बस्ने ४० वर्षिय इमहाज अन्सारी तथा विराटनगर ११ बस्ने वर्ष ३६ को साविर मियाँ घाइते भएका छन्। घाइतेलाई उपचारकालागी गोल्डेन अस्पताल विराटनगर लगिएको छ।

तपाईको प्रतिक्रिया