२ पौष, इटहरी। सातौं राष्ट्रिय खेलकुद अन्र्तगत राष्ट्रिय महिला फुटवल प्रतियोगिता सुनसरीको दुहबीमा शनिबारबाट शुरु भएको छ । प्रतियोगिता अन्तरगत भएको उद्घाटन खेलमा सशस्त्र प्रहरी बलले पश्चिमाञ्चल टिमलाई शुन्यका विरुद्ध तीन गोलले पराजित गरेको छ ।

सशस्त्र प्रहरी वलका तर्फ लक्ष्मी पौड्यालले खेल सुरु भएको १२औ मिनेटमा पहिलो गोल गरिकी थिइन भने २२औ मिनेटमा लक्ष्मीले व्यक्तिगत गोल संख्या दुई पुर्याउन सफल भइन । सशस्त्रका सामु निरही पश्चिमाञ्चलका तर्फवाट कुनै पनि गोल हुन नसकी रहेको समयमा खेलको ५५ औं मिनेटमा अनिता केसीले अर्काे गोल थपेपछि सशस्त्र प्रहरी वलको महिला समूह तीन गोलको अग्रतामा विजयी भएको हो  ।

दुहवी रंगाशालामा भएको खेलको सुरुवात देखि नै सशस्त्र प्रहरी बलका खेलाडीहरु पश्चिमाञ्चल टिम विरुद्ध आक्रमक रुपमा उत्रिएका थिए ।  पश्चिमाञ्चल टिमका खेलाडिहरु विच तालमेल मिलेको देखिदैन थियो । महिला फुटबल प्रतियोगिता अन्र्तगतको उद्घाटन खेलको विजयी टिमकी लक्ष्मी पौड्याल वेष्ट प्लेयर अफ द म्याच घोषित भइन ।

त्यसै गरी शनिबार नै भएको पूर्वाञ्चल र मध्यमाञ्चल समूह वीचको दोस्रो खेल गोलरहित बराबरीमा टुगिंएको छ ।  सो खेलमा मध्यमाञ्चलकी निशा ठोकर वेष्ट प्लेयर अफ द म्याच घोषित भइन् ।   लिग कम नकआउटको आधारमा सञ्चालन हुने प्रतियोगितामा पाँच वटा विकास क्षेत्रका साथै नेपाली सेना, नेपाल पुलिस र सशस्त्र प्रहरी वल गरी जम्मा आठ वटा समूहले प्रतिस्पर्धा गर्दैछन । प्रतियोगिता आगामी पुस ९ गतेसम्म सञ्चालन हुनेछ । महिला फुटबल प्रतियोगिताको राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले उद्घाटन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया