०२ पुष, राजविराज दिलिप साह। सप्तरीको रायपुरस्थित रुपनीमा संचालित रुपनी प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा सप्तरीको इभर ग्रीन क्रिकेट टिम विजयी भएको छ ।

प्रतियोगिता अन्तर्गतको तेस्रो खेलमा इभर ग्रीन क्रिकेट टिम राजविराजले फुलबारी क्रिकेट टिम इनरुवा सुनसरीलाई नौ विकेटले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ्ग गरेको इनरुवा क्रिकेट टिम निर्धारित २० ओभरको खेलमा १६ ओभर ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै ५९ रनमै समेटियो । उसका लागि भोला पण्डितले १४ रन बनाउनुबाहेक कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । बलिङ्गतर्फ राजविराजका रबिन सिंह र जुगलले ३÷३ विकेट हात पारे ।

प्रतिउत्तरमा ६० रनको विजयी लक्ष्य पछयाउँदै व्याटिङ् गर्न आएको इभर ग्रीन टिम राजविराज ५ ओभर १ बलमै लक्ष्य प्राप्त ग¥यो । मात्र एक विकेट गुमाउँदै इभर ग्रीन ६५ रन बनायो । उसका लागि सुरेन्द्र यादव २८ र बिरेन्द्र झाले २७ रनको योगदान दिए ।इनरुवाको तर्फबाट एक मात्र विकेट ताहिर हुसैनले लिए । खेलको म्यान अफ द म्याच इभर ग्रीनका रबिन सिंह घोषित भए ।प्रतियोगिता अन्तर्गत आईतबार हुने खेलमा सप्तरीको इटहरी बिष्णुपुर टिमले महोत्तरी टिमसँग प्रतिस्पधाृ गर्ने आयोजक च्याम्पियन्स क्लव रुपनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया