०२ पुष, राजविराज दिलिप साह। सप्तरीको ईटहरी बिष्णुपुरमा शनिबार नेपाली कंग्रस परित्याग गरी सयौंको सङ्ख्यामा नेता तथा कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रबेश गरेका छन । नेपाली काँग्रेसका क्रियाशिल सदस्य शिब नारायण यादबको नेतृत्वमा काँग्रेस परित्याग गरी सयौं नेता कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रबेश गरेका हुन ।

संघीय समाजवादी फोरम नेपालका अनन्तलाल यादबको अध्यक्षतामा आयोजित पार्टी प्रबेश कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय सदस्य चित्त नारायण यादबले नब प्रबेशीहरुलाई अबिर लगाई पार्टीको सदस्यता प्रदान गरी पार्टीमा प्रबेश गराए । कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादब, जिल्ला सदस्य एबम पार्टी प्रशिक्षण बिभाग प्रमुख केदार यादब, जिल्ला सदस्य दिप नारायण यादब लगायतका नेताहरुको उपस्थिती रहेको संघीय समाजवादी फोरम नेपाल सप्तरीका प्रचार बिभाग प्रमुख बृजमान तामाङले जानकारी गराए ।

तपाईको प्रतिक्रिया