एजेन्सी । गूगल प्ले र एपलले इन्स्टाग्राममा महिलाको नाङ्गो तस्विर पोष्ट गर्न बनाइएको एप खारेज गरिदिएको छ । अमेरिकी मोडल मेलिना डीमार्कोले डिजाइन गरेकी यो एपको नाम नूड राखिएको छ । डीमार्कोले यो एपले फोटो इडिट गरेर आफु नाङगिएको अंगमा अर्को फोटो राख्न सकिने गरि बनाएको बताएकी छिन् । उनले कुनै पनि फोटो सेन्सर गर्नुको अर्को विपल्प उदाहरणको —‘लागि महिलाको नाङ्गो अंगमा कालो क्रस बनाउनु एक तरिकाले उसलाई अझ कामुक बनाएर पेस गर्नु हो’ भनेकी छिन् ।

तर एप स्टोर र गुगल प्ले स्टोरले डीमार्कोको एपले नग्नतालाई बढाउने दाबी गरेका छन् । इन्स्टाग्रामको नाङ्गो फोटो नीतिमा हिजोआज हमला पनि भैरहेको छ । साइटको नियम अनुसार इन्स्टाग्राममा हिंसक, नाङ्गो, आशिंक नाङ्गो, पोर्नोग्राफिक वा कामुक देखिने फोटोमा प्रतिबन्ध लागेको छ । यसको अर्थ पुरुषले कम्मर माथिको भाग नाङ्गो भएको तस्विर इन्स्टाग्राममा पोष्ट गर्न सक्छन् तर महिलाले सक्दैनन् ।

सन् २०१४ मा स्काउस विलिस र रिहानाले यो विषयमा सार्वजनिक रुपमै विरोध गरेपनि इन्स्टाग्रामले आफ्नो नियममा परिवर्तन गरेको छैन ।कम्पनीले इन्स्टाग्रामलाई सुरक्षित ठाउँ बनाउन प्राथमिकता दिएको जनाएको छ । मोडल मेलिना डीमार्कोले आफ्नो यो एपलाई खारेज गरेर इन्स्टाग्रामले महिलाले आफ्नो शरीरको फोटो सकारात्मक तरिकाले पोष्ट गर्ने अधिकार खारेज गरेको भनेकी छिन् ।अोएस नेपालबाट

 

तपाईको प्रतिक्रिया