एजेन्सी। दाइजो प्रथा अझै पनि समाजमा व्याप्त छ। दाइजो लिने अनि दिने प्रचलनले अनेकौं समस्या निम्तिने गर्छन्। एउटा यस्तै एक प्रकरण भारतको विहारमा सार्वजनिक भएको छ। माग पुरा नहुँदा पति अनि घरका अन्य सदस्यको मञ्जुरीमा देवरले भाउजुमाथी गरेको एक दुष्कर्मको घटना हो यो। घटना करिब एक हप्ता अघि को हो। घटनापछि पञ्चायतको दबाब बनाएर मुद्धा सल्टाउने प्रयास गरिएको समेत खुल्न आएको छ।
पञ्चायतबाट न्याय नपाएपछि पीडित मंगलबार बेलुका प्रहरीको शरणमा पुगिन अनि घटनाको विवरण छताछुल्ल भयो। पीडित महिलाले आफ्ना देवर रजनीश कुमार, पति अनि सासु-ससुरा गरी ४ जना विरुद्ध मुद्धा दर्ता गराएकी छिन्। देवर विरुद्ध बलात्कारको आरोप छ भने पति अनि सासु ससुराले घटनामा सहयोग गरेको र दाइजो नल्याएकोमा पीडा दिएको आरोप लगाएकी छिन्।
१ हप्ता अघि युवतीका देवर आए। युवतीका पति (आफ्नो दाई)संग ती देवरले एक्लै बसेर कुरा गरे। युवतीका पति घर बाहिर निस्के। सोही रात ती युवती आफ्नै देवरबाट बलात्कारको शिकार भइन। युवतीले आरोप लगाएकी छिन् कि आफुले सहयोगको लागि चिच्याउँदा पनि सासु-ससुरा चुपचाप बसे। नेपाली हेडलाइन्सकाे सहयाेगमा