३ पौष, काठमाडौं । जारी यू – १९ एशिया कप क्रिकेटको तेस्रो खेलमा नेपालले मलेसियाद्धारा १५४ रनको चुनौती पाएको छ । यसअघिका २ वटा नै महत्वपूर्ण खेलमा पराजय बेहोरेको नेपालले आफ्नो तेस्रो खेल अर्थात प्रतिष्ठाको लडाईमा मलेसीयाले १५३ रनको योगफल नेपालका सामु पेश गरेपछि नेपाल जवाफी ब्याटिगंमा उत्रिएको छ ।

मलेसियाले ४४-४ ओभरमा सबै विकेट गुमाउँदा उसका लागी बिरनदीप सिंहले सर्बाधिक ७५ रन बनाउन सफल भए भने मोहम्मद हसिफ २१ र सेफ उल्लाह मलिकले ११ रन जोडेका थिए । नेपालका अदिल खानले ३ तथा कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले २ र २ विकेट लिए ।

 

तपाईको प्रतिक्रिया