Nawalparasi road andolan३ पुष, नवलपरासी। नवलपरासी मोर्चाले शिर्ष नेताहरुको पुतला बनाई अाइतबार दिउसाे दाहा संस्कार गर्दै शोकमा दहि चिउरा खुवाएका छन् । हिजो फाँसि दिइएका केपि ओली, चन्द्र भण्डारी र टोप बहादुर रायमाझीको पुतलालाई आज परासीमा दहन गर्दै मोर्चाले कार्यकर्ताहरुलाई शोकमा दहि चिउरा खुवाएको हो

जिल्लाको सदरमुकमा परासीमा मोर्चाले आज ति शिर्ष नेताहरुको पुतला दहन गरि आजकै दिन पुण्य तिथिपारी दहि चिउरा खुवाएकाे जनाएको छ । ति नेताहरुको अभिव्यक्ति मधेश विरोधी रहेको मोर्चाले आरोप लगाउदै हिजो परासी स्थित बुद्धचोकमा तिनका पुतलाई फाँसी समेत दिइएको थियो आज मोर्चाका कार्यक्रम अनुसार फाँसि दिइएको ति पुतलाहरुको दाहा संस्कार गरिएको जनाएको छ ।

सरकारले मधेशका जिल्लालाई मात्र समेटर प्रदेश नं. ५ बनाउने गरि संविधान संसोधन प्रस्ताव दर्ता गरेको विरोधमा उत्रिएका एमाल र केहि नेताहरुको मोर्चाले चर्काे विरोध गर्दै पुतला बनाई फांसि दिनेदेखि लिएर दाहा संस्कार समेत गरेको मोर्चाले जानकारी दियो ।

एमालले आव्हान गरेको तिन दिने आम हडाताल बन्दलाई मोर्चाले प्रतिकार गर्दै पहिलो दिन एमालेको झण्डा जलाएका थिए भने दोश्रो दिन शिर्ष नेताका पुतला बनाई फाँसि दिएका थिए र आज तेश्रो दिन फाँसि दिइएका ति पुतलाहरुलाई दहन गर्दै दहि चिउरा खाएर क्रिया समेत गरे ।

यता बन्दको आव्हान गर्दै एमाले कार्यकर्ताहरुले सुनवल, भुमही, बर्दघाट लगायतका हाईवे क्षेत्रमा नाचगान गर्दै पुरै बजार ठप्प पारेका छन् भने उता मोर्चा बन्दको विरोध गर्दै फांसि देखि लिएर दाहा संस्कार समेत गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया