३ पुस । काठमाण्डाैबाट यात्रु लिएर खाेटाङकाे हलेसी अाउदै गरेकाे एक जिप अाइतबार दिउसाे सिन्धुलीमा दुर्घटना हुदा ७ जनाकाे मृत्यु भएकाे छ भने एक जना बेपत्ता छन।  बा १२ च ८८९७ नं को स्कारपियो जिप दिउसो रत्नावती गाविस ३, मध्यपहाडी लोकमार्गको सोखुखोला नजिकबाट सुनकोशी नदीमा खसेर दुर्घटनाग्रस्त बनेकाे हाे ।

दुर्घटनामा परी जिल्ला सिन्धुपाल्चोक फुल्पिङकट्टी–६ बस्ने ५० वर्षीय साङदोर्जे शेर्पा, फुल्पिङकट्टी–७ बस्ने ५७ वर्षीय बाले शेर्पा, सोही ठेगाना भएका ५० वर्षीया निवुती शेर्पा, ५० वर्षीया सर्किनी शेर्पा, लमजुङ सानीभञ्ज्याङ बस्ने अन्दाजी ४० वर्षीय जिप चालक झपटबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिए ।

यस्तै, उपचारका क्रममा काठमाडौँ महानगरपालिका स्वयम्भू गोल्ढुङ्गा बस्ने ६० वर्षीया टुकुली शेर्पाको  घुर्मीमा मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा परी अन्दाजी ४० वर्षीय एक पुरुषको भने सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सुनकोसीमा जिप खस्दा जिल्ला सिन्धुपाल्चोक फुल्पिङकट्टी–६ बस्ने ४५ वर्षीय दानुर्बु शेर्पा भने बेपत्ता भएका र उनको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक पनेरुले जानकारी दिए ।

तपाईको प्रतिक्रिया