४ पुष, इटहरी। सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुनसरीको दुहवी रङ्गशालामा जारी महिला फुटबल खेल अन्तर्गत सोमवार भएको पहिलो खेलमा नेपाल प्रहरीको टिमले पश्चिमाञ्चल टिमलाई ४–० गोलको भारि अन्तरले पराजित गर्र्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । लिग कम नकआउटका आधारमा भई रहेको खेलमा नेपाल प्रहरीको महिला टिमले आजसम्म दुई खेल जित्दै आफ्नो पक्षमा ६ अङ्क प्राप्त गरिसकेको छ । पराजित पश्चिमाञ्चल टिम भने सुन्नेमा नै सिमित भईरहेको छ ।

बिजेता नेपाल प्रहरीका तर्फबाट खेल शुरु भएको दोस्रो मिनेटमा नै निरु थापाले सानदार गोल गर्दै खेलमा अग्रता दिएकी थिइन । १–० गोको अग्रता चलिरहेका बेला पुन नेपाल प्रहरीका अर्का खेलाडी एशोदा लामाले खेलको १९  औ मिनेटमा अर्को गोल गर्दै खेल २–० गोलमा पु¥याईन ।
२–० गोलपछि सकिएको पहिलो हाफपछि भएको दोस्रो हाफको खेलमा फेरि नेपाल प्रहरीकी र्जिना खड्काले ४६ औ मिनेटमा अफ्नो टिमका लागि तेस्रो गोल गर्दै खेल ३–९० गोलको अन्तरमा पुर्याउँदै टिमको बिजय सुनिश्चित गरेकी थिईन । त्यस लगत्तै मन्जु गुरुङ्गले खेलको ५७ औ मिनेटमा अर्को सानदार गोल गर्दै खेल ४–० गोलको फराकिलो अन्तरमा टुङ्ग्याएकी थिईन । सो खेलमा नेपाल प्रहरीकी एशोदा लामालाई वेमन अफ द भ्याच घोषित गर्दै २ हजार नगद र ट्रफि प्रदान गरियो ।

यसैगरी आजै भएको नेपाली सेना र पूर्वाञ्चल टिमबीचको अर्को खेलमा नेपाली सेनाको टिमले पूर्वाञ्चललाई  ३–०  गोलले पराजित गर्दै विभागीय टिम सेनाको महिला टिमले पनि आफ्नो टिमलाई ६ अङ्ककासाथ अघि बढाउने शौभाग्य प्राप्त गरेको छ ।पहिलो हाफको खेल १–० गोलमा सिमित बन्न पुगेको खेलमा नेपाली सेनाकी खेलाडी सुस्मिता तामाङ्गले आफ्नो पक्षमा खेलको ७ औ मिनेटमा सुन्दर गोल गरेर अग्रता दिलाएकी थिईन । पहिलो हाफमा पूर्वाञ्चल टिमले पाएको प्यानल्टी सुट सिधै पोष्टबाट बाहिरएपछि पूर्वाञ्चल टिमका लागि आजको खेल दुर्भाग्यपूर्ण सावित हुन पुगेको छ । १–० गोलको अन्तरमा सकिएको पहिलो हाफपछि भएको दोस्रो हाफको ५४ औ मिनेटमा नेपाली सेनाकी खेलाडी इन्दिरा राईले सानदार गोल गर्दै खेल २–० गोलमा पु¥याउँदै आफ्नो टिमका लागि जित सुनिश्चित गरेकी थिईन ।

निक्कै प्रतिस्पर्धात्मक अवस्थामा भएको खेलको ७२ औ मिनेटमा नेपाली सेनाकी इन्दिरा राईले आफ्नो ब्यक्तिगत २ गोल गर्दै खेल ३–० गोलको फराकिलो अन्तरसँगै आफ्नो टिमलाई बिजयी तुल्याएकी छिन । ब्यक्तिगत २ गोल गर्ने इन्दिरा राई वेमन अफ द म्याच घोषित बन्दै २ हजार नगद र ट्रफि समेत प्राप्त गरेकी छिन ।ञ     भोलिका पहिलो खेल  सुदूर पश्चिमाञ्चल टिम र शसस्त्र प्रहरी तथा दोस्रो खेल मध्य पश्चिमाञ्चल र मध्यमाञ्चल टिमबीच हुने दिलिप राईले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया