balbalika sweter bitaran itahari४ पुष, इटहरी। इटहरी उपमहानगरपालिका ९ मा अवस्थीत श्री शान्ति सिर्जना प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई जाडोमा लगाउने स्वीटर वितरण गरिएको छ ।

अधिकाङ्श सिमान्तकृत समुदायका बालबालिकाहरु अध्ययरत शान्ति सिर्जना प्राथमिक  विद्यालयमा अध्ययनरत ३ सय ६८ विद्यार्थीमध्ये नियमित कक्षामा हाजिर हुने २ सय २५ बालबालिकाहरुलाई जाडोमा लगाउने स्वीटर वितरण गरिएको हो ।

जाडो मौसममा बालबालिकाहरुले जाडोकै कारणले कक्षा छाड्नु पर्ने अवस्थाको सामना गर्नु नपरोस भन्ने उद्देश्यले पिसजोन आवासीय उच्च मावि र सुषमा गोदावरी इन्जिनीयरिङ्ग कलेजले मिलेर बालबालिकाहरुलाई २ सय २५ थान स्वीटर वितरण गरेको हो ।

पिसजोन आवासीय उच्च माविका प्राचार्य जगदिशप्रसाद ओली सुषमा गोदावरी इन्जिनीयरिङ्ग कलेजका प्राचार्य बोधराज नेपाल तथा विद्यालय परिवार एवम विद्यार्थीहरु समेतको सहकार्यमा शान्ति सिर्जना निम्न माध्यमिक विद्यालयका बालबालिकाहरुलाई न्यानोका लागि स्वीटर प्रदान गरिएको हो ।यसैगरी इटहरीकै सेक्रेट हार्ट बोर्डिङ र मकालु बोर्डिङ ५० हजार मुल्यका विद्यार्थीका लागि थप पोशाक समेत प्रदान गरिएको
छ ।

सो अवसरमा जिल्ला शिक्षा अधिकारी खगेन्द्रप्रसाद सुवेदीले विपन्न समुदाय तथा सिमान्तकृत समुदायका बालबालिकाहरुका लागि न्यानो कपडा, स्वीटर उपलब्ध हुनु आफैमा गौरवको काम भएको बताए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जीवछ सरदारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जगदीशप्रसाद ओली बोधराज नेपाल विद्यालयका प्रधानाध्यापक कमलप्रसाद तिम्सिना लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया