५ पुष, इटहरी। सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुनसरीको दुहवी रङ्गशालामा जारी महिला फुटबल प्रतियोगिता अन्तर्गत आज सशस्त्र प्रहरीको विभागीय टोली  र सुदूरपश्चिमाञ्चल टिमबीच भएको खेलमा सशस्त्र प्रहरीको विभागीय टिमले सुदुरपश्चिमाञ्चल टिमलाई ४–१ गोलको भारी अन्तरले पराजित गर्दै आफ्नो टिमका लागि ६ अङकको योगफल बनाएको छ । यसअघि नेपाल प्रहरी र नेपाली सेनाले पनि दुई खेल जित्दै समान ६–६ अङ्कको योगफल बनाई सकेका छन ।

आजको खेलमा पराजित बन्न पुगेको सुदूरपश्चिमाञ्चल टिमले दुई खेल खेलिसकेको भए पनि कुनै प्रतिस्पर्धामा जित निकाल्न नसकेपछि उसको पक्षमा अङ्का जोडिन सकेको छैन । आजको प्रतिस्पर्धामा सशस्त्र प्रहरीका तर्फबाट खेलको ११, २६, ३६ र ४७ मिनेटमा क्रमश नेपाली सेनाका खेलाडीहरु रेखा पौडेल तेजकुमारी गुरुङ सुनिता केसी र रन्जना राईले गोल गरेर आफ्नो टिमलाई बिजयी गराउँदै ३ अङ्कको योगफल जोडेका छन ।

खेलमा पराजित हुन  पुगेको सुदूरपश्चिमाञ्चल टिमकी हेमा चौधरीले पहिलो हाफको १९ औ मिनेटमा आफ्नो टिमका लागि  सुन्दर १ गोल गर्दै टिमलाई सुन्ने हुनबाट जोगाए पनि सुदूरपश्चिमाञ्चल टिमले आफ्नो पक्षमा अङ्कको योगफल भने जोड्न सकेन । आजको खेलमा सशस्त्र प्रहरीकी सुनिता केसी वेमन अफ द म्याच घोषित हुदै २ हजार नगद र ट्रफि प्राप्त गरेकी छिन । आजै मध्यपश्चिमाञ्चल र मध्यमाञ्चल टिमबीच दोस्रो खेल सम्पन्न भएको छ ।

पूर्वाञ्चल टिमसँगको खेलमा बराबरी  खेलेको मध्यमाञ्चल टिमले यसअघि नै १ अङ्कको योगफल प्राप्त गरिसकेको छ भने आजको खेलमा मध्यपश्चिमाञ्चल टिमलाई ३–० गोलको फरकले पराजित गर्दै आफ्नो पक्षमा ४ अङ्कको योगफल बनाउने सफलता प्राप्त गरेको छ । प्रतियोगितामा बिजेता मध्यमाञ्चल टिमका तर्फबाट खेलको २४ र २६ औ मिनेट रश्मीकुमारी घिसिङ्गले आकर्षक २ गोल गरिन । त्यसैगरी सोही टिमकी दोस्रो हाफको १५ औ मिनेटमा मिनषा थापामगरले १ गोल जोड्दै खेल ३–० गोलको अन्तरमा सकिएको थियो ।

सो खेलमा मध्यमाञ्चलकी २ गोलकर्ता रश्मीकुमारीघिसिङ वेमन अफ द म्याच घोषित बन्दै २ हजार नगद र ट्रफी प्राप्त गरेकी छिन ।
भोलिको खेल शसस्त्र प्रहरी र नेपाली पुलिसको विभागीय टिमबीच पहिलो खेल हुनेछ भने अर्को आजको विजेता मध्यमाञ्चल र नेपाली सेनाको विभागीय टिमबीच खेल हुने दिलिप राईले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया