५ पुस, सुनसरी। सुनसरीको मधेली गाविस ८ स्थित एक घरमा मंगलबार आगलागी भएको छ। स्थानीय भोला मियाँको फूसले बनेको घरमा दिउँसो बिधुत सर्ट भई आगलागी भएको हो।

आगलागीबाट मियाँको फुसले बनेको एक तले घर, घरभित्र रहेको भाडावर्तन, लत्ताकपडा समेत जल्दा अन्दाजी साठी हजार रुपैया बराबरको क्षति भएको छ।आगलागी स्थानीयवासी र प्रहरीको प्रयासपछि दिउँसो २ बजे नियन्त्रणमा आएको छ।

तपाईको प्रतिक्रिया