५ पुस, सुनसरी। हरिनगरा-३ मा मंगलबार मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते भएका छन्। बा. ६५ प ६४०७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा हरिनगरा ३ बस्ने ६५ वर्षका देवु पाल घाइते भएका छन।

पाललाई मंगलबार विहान मोटरसाइकलले ठक्कर दिएको हो। गम्भीर घाइते पालको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।ठक्कर दिने मोटरसाइकलका चालक इलाका प्रहरी कार्यालय हरिनगरको नियन्त्रणमा छ।

तपाईको प्रतिक्रिया