६ पुष, सप्तरी। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको प्रसवनि-५ मा मंगलबार साझ स. ७ प ६९२० नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिंदा दुई जना घाइते भएक छन।

घाइतेहरुमा नामथर वतन नखुलकेको अन्दाजी ४० वर्षिय पैदलयात्री पुरुष र मोटरसाइकलका चालक सप्तरी हरिपुर ८ बस्ने योगेन्द्र चौधरी रहेका छन। दुबै घाइतेलाई उपचारकालागि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याइएको छ।

तपाईको प्रतिक्रिया