६ पुस, मोरङ। बुधबार तीन किलो लागूऔषध चरेश सहित बिराटनगर २१ रानी बाट एक भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत कोलकाता स्माईल बस्तापुर लेन खिदिपुर बस्ने ३५ वर्षिय शेख रियाज रहेका छन्।

रियाजलाई बुधबार बिहान रानी भन्सार कार्यालयको १ नम्बर ढाट नजिकबाट सिमा प्रहरी चौकी रानी र लागूऔषध नियन्त्रण ईकाई विराटनगरको टोलीले पक्राउ गरेको हो। दुबै खुट्टा र कम्मर पेटीको लाईनमा सेतो टेपले बाँधी लुकाएको अवस्थामा लागूऔषध बरामद भएको थियो। रियाजलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखि थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया