६ पुस, दुहबी। सातौ राष्ट्रिय खेलकुद अन्तर्गत सुनसरीको दुहविमा भएको महिला फुटबल प्रतियोगीता अन्तर्गत आज भएको दुबै खेल बराबरीमा टुंगीएका छन् ।

पहिलो खेलमा विभागीय टीम अन्तर्गत प्रहरी र शसस्त्र आम्नेसाम्ने भएका थिए । ढिम कुमारी गुरुङको कप्तानीमा मैदान छिरेको प्रहरीको टिमले पहिलो गोल गरेर टीमलाई अग्रता दिलाएको थियो । टिम क्याप्टेन गुरुङले १८ अौ मिनेटमा गोल गरकी थिइन् । तर शसस्त्रका तर्फबाट तेज कुमारी गुरुङले ३४ अौ मिनेटमा गोल फर्काउँदै टीमलाई बराबरीमा रोकेकी थिइन् ।

त्यस पश्चात दुबै टीमबाट गोल हुन नसके पछि खेल बरावरीमा रोकिएको हो ।  त्यस्तै दोस्रो खेलमा अर्मी र मध्यमाञ्चलको टिम समेत गोलरहित बराबरीमा टुँगीएको छ । खेलको निर्धारित समयमा दुबै पक्षबाट कुनै कुनै गोल हुन नसके पछि खेल बराबरीमा सकिएको हो ।  भोलीको पहिलो खेल पश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चल बिच हुने छ भने दोस्रो खेल पुर्वाञ्चल र मध्यपश्मिाञ्चल बिच हुनेछ ।

तपाईको प्रतिक्रिया