६ पुष, धरान। पूर्वको पर्यटन प्रवर्दनमा सहयोग पुर्याउने उद्देश्यले मिस टुरिजमको दोस्रो संस्करण तयारी सुरु भएको छ । सहारा इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको मिस टुरिजमको पुस ११ बाट अडिसन सुरु हुने आयोजकले जनाएको छ ।

पुस ११ गते इटहरी, १२ गते मोरङको विराटनगर, १३ गते झापाको दमक र १४ गते धरान र १७ गते इलाममा अडिसन गरिने इभेन्ट म्यानेजर सौगात रिजालले जानकारी दिए । अडिसनका लागि अनलाईन फाराम खुलेको उनले बताए । प्रतियोगीताका सहभागीलाई कोरियोग्राफर नेहा बजाजले २१ दिन ग्रुमिङ, क्याटवाक, र्याम्पवाक लगायतका प्रशिक्षण दिने साथै सहभागीहरुलाई पर्यटन, होटल÷ट्राभलिङ, व्युटिसियन सम्बन्धि प्रशिक्षण दिईने ईभेन्ट डाईरेक्टर हिन्दुहाङ राईले बताए ।

माघ दोस्रो धरानमा फाइनल प्रतिष्पर्धा हुने मिस टुरिजमको विजेताले ताजसहित स्कुटी, म्युजिक भिडियोमा अव पाउने छिन् भने फस्टरनरअपले नगद ३५ हजार र सेकेन्ड रनरअपलाई २५ हजार नगद पाउने छन् । विजेताहरुलाई मनाङ मुस्ताङ यात्राको अवसरपनि प्रदान गरिने आयोजकले जनाएको छ । विभिन्न टाईटल विजेताहरुलाई पनि नगद तथा विभिन्न उपहार प्रदान गरिने छ भने वेष्ट व्युटि अफ टुरिजम विजेतालाई टेलिभिजन कार्यक्रम सञ्चालनको अवसर दिईने बताईएको छ । प्रतियोगीताको पहिलो संस्करण झापामा भएको थियो ।
तस्वीर ःमिस टुरिजमको पहिलो संस्करणका विजेता ।

तपाईको प्रतिक्रिया