Inaruwa School Talabndi.
पुष ७ इनरुवा /आर्थिक अपारदर्शिता र फितलो व्यवस्थापनको कारण देखाउँदै सुनसरीको इनरुवा ९ बलाहामा रहेको शारदा माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको छ । व्यवस्थापन समिति गठन हुनु पर्ने लगायत विद्यालयमा मौलाएको राजनीति अनत्यको माग गर्दै विद्यालय प्रशासनमा तालाबन्दी गरिएको अभिभावकहरुले बताए ।

विद्यालय प्रशासनप्रति रुष्ट बनेका अभिभावकहरुको समूहले प्रअका साथै लेखा र कमप्युटर कक्षमा तालाबन्दी गरेका छन् ।
आफुहरुका माग पटक पटक वेवास्ता गरिएकाले तालाबन्दीमा उत्रनु परेको अभिभावकहरुको भनाई छ । अभिभावक विनोद मण्डलले विद्यालय प्रशासनलाई दिइएको चेतावनी अटेर गरेकाले तालाबन्दी गरिएको बताए ।

यसअघि भएको सर्वपक्षिय भेलामा सहमति जुट्न नसक्दा जटिल बन्दै गएको व्यवस्थापन समिति गठनको पक्रियालाई लिएर समस्या निम्तेको विद्यालय प्रशासनको भनाई छ । तालाबन्दीका कारण विद्यालयको पठनपाठनमा कठिनाई भएको शिक्षकहरुले बताएका छन् । समस्या समाधानकालागि जिल्ला शिक्षा कार्यालयमा जानकारी गराइएको विद्यालयका सहायक प्रजिअ योगेन्द्र मण्डलले बताए ।

तपाईको प्रतिक्रिया