Mascot-22122016074916-1000x0

अमर काफ्ले पुष ७ सुनसरी/ सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा भोलिबाट सुरु हुँदैछ । पूर्वमा पहिलो पटक हुन लागेको प्रतियोगिताको उद्घाटन भोली विराटनगर स्थित शहीद रंगशालामा हुँदै छ । प्रतियोगिताको औपचारिक उद्घाटन भोलि हुने भएपनि महिला फुटबल केहीदिन अघिबाटै दुहवीमा सुरु भैसकेको छ । पुरुष फुटबल समेत आजबाट धरानमा सुरु हुँदैछ ।

पूर्वाञ्चलका झापा, मोरङ्ग, सुनसरी, धनकुटा, सिरहा, सप्तरी र उदपुरका विभिन्न शहरमा विभिन्न खेलहरु संचालन हुने छन् । राष्ट्रिय प्रतियोगिता अन्र्तगत सुनसरी सदरमुकाम इनरुवामा खो–खो, धरानमा पुरुष फुटबल, पुरुष र महिला बास्केटबल,कराते, साइक्लिङका खेलहरु हुने छन् ।
इटहरीमा एथलेटिक्स,तेक्वान्दो,महिला पुरुष भलिबल र महिला क्रिकेट आयोजना हुने छन् ।

बिराटनगरमा टेबल टेनिस सहित महिला पुरुष कबड्डी, उसु, महिला पुरुष ह्यान्डबल, हक्की, सुटिङ, टेनिस र पुरुष क्रिकेट हुने छन् ।
त्यसैगरी सप्तरीमा भारत्तोलन, सिरहामा कुस्ती, उदयपुरमा आर्चरी र धनकुटामा चेस प्रतियोगिता हुने राष्ट्रिय खेलकुद परिषदल सदस्य शम्भु आचार्यले बताए । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको राखेपले जनाएको छ ।

तपाईको प्रतिक्रिया