७ पुष, इटहरी। सुनसरीको दुहवी रङ्गशालामा जारी सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलको लिग कम नकआउट खेल अन्तर्गत आज भएको पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल टिमबीचको खेलमा सुदूरपश्चिमाञ्चल टिमले पश्चिमाञ्चल टिमलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलमा यी दुवै टिम अन्तिम प्रतिस्पर्धामा भने खेल्न नपाउने गरी बाहिरिईसकेका छन ।

दुवै टिमको खेल प्रतिस्पर्धात्मक रुपमा भई रहेका बेला सुदूरपश्चिमाञ्चलकी खेलाडी सुशिला चौधरीले खेलको ३२ औ मिनेटमा गरेको आकर्षक र सुन्दर गोल नै प्रतिस्पर्धाका एकामात्र र निर्णायक गोल बन्न सकेको थियो । सो खेलमा हेमा चौधरी वेमन अफ द म्याच घोषित बन्दै २ हजार नगद र टफी प्राप्त गरेकी छन ।

यसैगरी आज भएको पूर्वाञ्चल र मध्यमाञ्चल टिमबीचको आकर्षक र प्रतिस्पर्धात्मक खेलमा मध्यमाञ्चल टिमले पूर्वाञ्चल टिमलाई २–१ गोलेका अन्तरले पराजित गरेको छ । प्रतिस्पर्धामा मध्यमाञ्चल टिमका तर्फवाट ३१ औ मिनेट आशा शाही र ६२ औ मिनेटमा मन्जु चौधरीले सानदार गोल गरिन । त्यसैगरी पूर्वाञ्चल टिमका तर्फवाठ खेलको ५० औ मिनेटमा मुना लावतीले एकमात्र सान्त्वना गोल गरेर आफ्नो टिमलाई सुन्ने हुनबाट जोगाएकी छिन । खेलमा पूर्वाञ्चलकी मुना लावती वेमन अफ द म्याच घोषित भएकी छिन ।

तपाईको प्रतिक्रिया