football satau rastriya khelkud dharan७ पुस, धरान । सातौ राष्ट्रिय खेलकुद अन्तर्गत आज देखि पुरुष फुटबल प्रतियोगिता शुरु भएको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा शुरु भएको पहिलो खेलमा नेपाल प्रहरीले पुर्वाञ्चललाई  २– १ को गोल अन्तरले हराएको छ ।

त्यसै गरि दोस्रो खेलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ३ – ० को फराकिलो गोल अन्तरले हराएको छ । सो खेलमा मध्यमाञ्चलका तर्फबाट १९  मिनेटमा बीरबहादुर आले र खेलको दोस्रो हाफको ३२  मिनेटमा उमेश गडतांैला र ३९ मिनेटमा श्यामबाबुले आफ्नो टिमका लागि क्रमश २ गोल थपेर टिमलाई सानदार जित दिलाए भने पश्चिमाञ्चल टिम अङकरहित बन्न पुग्यो ।

त्यस्तै सुनसरीको दुुहवीमा जारी महिला फुटवल खेलमा सुदुर पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विजयी बनेका छन् । सुनसरीको दुहवि रँगशालमा भएको पहिलो खेलको ३२ मिनेटमा सुदुरपश्चिमाश्चलको तर्फबाट सुसिला चौधरीले गरेको गोल नै निर्णायक बनेको थियो । खेलअवधिभर पश्चिमाञ्चलले कुनै गोल गर्न नसके पछि सुदुरपश्चिमाञ्चल एक शुन्यको अन्तरले विजयी बनेको हो । उक्त खेलको उत्कृष्ट खेलाडी सुदुर पश्चिमकी हेमा चौधरी घोषित भइन् ।

त्यस्तै पुर्वाञ्चल र मध्यपश्चिमाञ्चल बिच भएको दोस्रो खेलमा मध्यपश्चिमाञ्चल दुुइ एक को गोल अन्तरले विजयी भएको छ । मध्यपश्चिमाञ्चलको तर्फबाट ३२ औँ मिनेटमा आशा शाही र ६२ मिनेटमा मञ्जु चौधरीले गोल गरिन् । त्यस्तै पुर्वाञ्चलको तर्फबाट ५० औँ मिनेटमा मुुना लावतीले एक गोल फर्काइन् । सो खेलको उत्कृष्ट खेलाडी पनि लावती नै घोषित भइन् । भोलीको सेमि फाइनल खेल विहान ८ बजे दुवही रँगशालामै हुनेछ । पहिलो खेलमा विभागीय टीम प्रहरी र मध्यमाञ्चल विच हुनेछ । त्यस्तै दोस्रो खेल आर्मी र शसस्त्र प्रहरी विच हुनेछ ।

तपाईको प्रतिक्रिया