ilaka prahari karyalya itahari police

८ पौष, इटहरी ।  इलाका प्रहरी कार्यालय इटहरीका लागि आवश्यक भनव निर्माण गर्न इटहरी ८ मा रहेको जुट विकास केन्द्रको एक विगाह जग्गा सरकार सँग माग गर्ने निर्णय भएको एक वर्ष बिती सक्दा पनी प्रहरी कार्यालयले जग्गा प्राप्त गर्न सकेको छैन । इलाका प्रहरी कार्यालयको भवन निर्माणका लागि यसअघि जग्गा खरिदका लागि प्रयास गरेपनि संभव नहुदा भवन निर्माणको योजना पनि अलपत्र पर्दै आएको छ ।

२०३२ सालमा स्थापना भएको इलाका प्रहरी कार्यालयको भवन जिर्ण हुनुको साथै सागुरो भएपछि नयाँ भवनको लागी आबश्यक जग्गा प्राप्तको लागी इटहरीका राजनितिक दल र उद्योग वाणीज्य संघ, नागरिक समाजले पहल थालेका थिए । इलाका प्रहरी कार्यालय इटहरीको पहलमा भएको सर्वपक्षिय बैठकमा केन्द्रको एक विगाह जग्गा सरकारसँग माग गरी इलाका प्रहरी कार्यालय भवन निर्माण गर्ने निणर्य भएता पनी रोहीत प्रसाईको संयोजकत्वमा गठीत समितीले सक्रियता नदेखाएकाले प्रहरी कार्यालयले जग्गा प्राप्त गर्न सकेको छैन ।

कृषी मन्त्रालय अन्तर्गत रहेको जुट विकास केन्द्रको जग्गा गृहमन्त्रालय मार्फत इलाका प्रहरी कार्यालय इटहरीका लागि उपलब्ध गराउन पहल हुन नसक्दा भवन निर्माणको योजना पनि अलपत्र पर्दै आएको छ । इलाका प्रहरी कार्यालय इटहरीमा प्रहरी नायब उपरिक्षकको दरबन्दि भए पनि सानो र जिर्ण भवन हुदा सुरक्षाकर्मीहरुले हाल समस्या भोग्दै आएका छन् । इलाका प्रहरी कार्यालयको भवन सानो हुदा हाल प्रहरीहरु इटहरी उपमहानगरपालिकाको सांस्कृतिक भवनमा बस्दै आएका छन् ।

उघोग बाणिज्य संघ इटहरीका निबर्तमान अध्यक्ष रोहित प्रसाईको नेतृत्वमा बनेको जग्गा प्राप्त समितिले तत्कालिन प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा भौतिक निर्माण मन्त्री विजयकुमार गच्छादार, भुमीसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुव्वालाई भेट गरी सरकारी पहल थालिदिन आग्रह गरेको थियो । मन्त्री परिषदको निर्णय गराएरै इटहरी उपमहानगरपालिकाको शान्ति सुरक्षाको स्थायी व्यवस्थाको माग गर्दै समितिले तत्कालिन गृहमन्त्री शक्तिबहादुर बस्नेतसँग पनी भेट गरेको थियो । समितिले जग्गाका निम्ति कृषिमन्त्री सँग पनि भेट गरेका थिए साथै राजनितिक दलका प्रमुख नेताहरुलाई भेटी डेलिकेसन सहित ज्ञापन पत्र बुझाएका थिए । समिती गठन भएपछी प्रचण्डसँग भेट गरी जग्गाका लागि पहल गरिदिन समिति डेलिगेशन गर्न पुगेको थियो । उक्त समयमा समिति सदस्यहरुसँग भेट गरी प्रचण्डले सुरक्षाका लागि प्रहरी कार्यालयको स्थायीत्व महत्वपूर्ण हुने भन्दै सरकारसँग पहल गर्ने आश्वासन दिएका थिए ।

पछि एमाले सुनसरीको जिल्ला अधिवेशनमा इटहरी आएका तत्तकालिन प्रधानमन्त्री केपी ओलीले प्रहरी कार्यालयको जंग्गाको लागी आफुले तत्काल प्रकृया अघि बढाउने सार्वजनिक रुपमा बताएका थिए । तर पछि प्रसाई संयोजक रहेको समितिले पनि जंग्गा पहलमा चासो नदेखाएपछि रोकिएको थियो । त्यस पश्चात ओली नेतृत्वको सरकार परिवर्तन भएपछि समिति मौन रह्यो । पूर्वकै केन्द्रमा पर्ने र शहरीकरण लाई पन्छयाइरहेकाले विभिन्न खाले अपराधका घटना हुने गरेकाले गर्दा अहिले भएको इलाका प्रहरी कार्यालयलाई वडा प्रहरी कार्यालय बनाएर अलगै स्थानमा इलाका निर्माण गर्न जुट अनुसन्धानको जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडि वढाउने कार्य समितीले सक्रिएता नदेखाएपछी जग्गा प्राप्तीको कार्य अनिश्चीत बन्दै गएको इटहरीवासी बताउछन ।

गठित समितिका संयोजक रोहित प्रसाई सदस्य मदन चुडाल ,सागर सुवेदी राम प्रसाद पोखरेल ,हेमकर्ण पौडेल,उपेन्द्र घिमिरे,कोविद जंग कार्की,ओम प्रसाद अधिकारी,अर्जुन दाहाल, डायनिइल सब्वा लगाएतको समितीले बर्षौ बिती सक्दा पनि कुनै किसिमको ठोस कार्य गर्न नसकेपछी उक्त समिती खारेज गर पुनः नयाँ समिती निर्माण गरी इलाका प्रहरी कार्यालयलाई चाडो भन्दा चाडो जग्गा उपलब्ध गराउनु पर्ने बताउदै आएका छन ।

इलाका प्रहरी कार्यालय इटहरीलाई जग्गा उपलब्ध नभएका कारण पुरानो भवनको अवस्था जिर्ण रहेको छ । जसका कारण प्रहरी जवान बस्ने साधुरो हुने देखि लिएर सेवागा्रहीहरुलाई समेत समस्या पर्न गएको देखिन्छ । यसको सम्पुर्ण श्रेय जग्गा प्राप्ति समितिमा पर्न जान्छ । समिति पुर्ण रुपमा आफनो उत्तरदायित्व बाट पन्छिएको इटहरी बासी अमिन चौधरीले बताए ।

यसअघि इटहरीमा क्षेत्रीय रंगशाला निर्माणका लागि पनी पहल भएको थियो । जुट अनुसन्धान केन्द्रमै रहेको जग्गा सरकारले मन्त्रीपरिषद वैठकबाट निर्णय गरी खेलकुदलाई दिएको थियो । सरकारको नाममा केन्द्रको कम्तिमा ४० विग्गाह जग्गाह खाली रहेको छ । राजमार्ग नजिक रहेको इप्रका इटहरीको हालको कार्यालयमा काम गर्न मुस्किल छ भने हिरासतमा राख्ने स्थान पनि सुरक्षित छैन । प्रहरीहरुका लागि क्वार्टर नहुँदा इटहरी उपमहानगरपालिकाको सांस्कृतिक भवनमा समस्यामा बस्न प्रहरी वाध्य भएको छ । तर समिती गठन भएको केही महिना सम्म संयोजक सहीत सदस्यहरु सक्रिय रहेता पनी हाल भने समिती सुस्ताएको छ । समितीका सवै सदस्यहरु हाल इटहरीमा नभएकाले समिती खारेज गरि पुर्न गठन गर्नुपर्ने आवश्यता देखीइको समितीका सदस्य राम प्रसाद पोखरेले बताए ।

 

तपाईको प्रतिक्रिया