kho kho  khooo
पुष ८, इनरुवा सुनसरी/सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत सुनसरी सदरमुकाम इनरुवामा जारी पुरुष तर्फको खो–खो खेलमा विभागिय टिम नेपाल आर्मी र सुदुर पश्चिमाञ्चलले विजयी सुरुवात गरेका छन् ।आफ्नो पहिलो खेलमा नेपाली सेनाको टिमले पश्चिमाञ्चललाई पराजित गरेको छ । सेनाले पश्चिमाञ्चललाई ७ का विरुद्ध १९ स्कोरले पराजित गर्यो ।

त्यसैगरी सुदुरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ७ का विरुद्ध ११ स्कोरमा हरायो ।म्हिला तर्फ आजै सम्पन्न खेलमा मध्य पश्चिमाञ्चलले मध्यमाञ्चललाई पराजित गरेको छ । मध्य पश्चिमाञ्चलले १० का विरुद्ध ११को स्कोरमा जित निकालेको हो । त्यसैगरी इनरुवा स्थित पुरानो जेल मैदानमा सम्पन्न महिला तर्फकै अर्को खेलमा नेपाली सेनाले पश्चिमाञ्चललाई ७ –१२को स्कोरमा पराजित गर्यो ।

kho kho.jpg 1
प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी सहित पाँच विकास क्षेत्रका गरी ६ वटा टिमले सहभागिता जनाएका छन् ।लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताको फाइनल भने पुष ११ गते हुने छ ।

तपाईको प्रतिक्रिया