alia bhutta

एजेन्सी- एयरपोर्टमा आलियाको हात एक युवकले समात्न खोजेपछि चिच्याएकी छिन् । सुटिङका लागि भारतको जोधपुर पुगेकी आलिया सुटिङ सकेर मुम्बई फर्कने क्रममा एक युवकले आलियाको हात समात्न कोसिस गरे ।

युवकको त्यस्तो व्यवहार देखेपछि आलिया बेस्सरी चिच्याएको बताइएको छ । आलिया मुम्बई फिर्ता हुनका लागि एयरपोर्ट पुगेपछि त्यहाँको भीड देखेर उनी केही समयसम्म गाडीबाटै निस्किएकी थिइनन् ।

सेक्युरिटी गार्डले घेरा बनाएर उनलाई भित्र पुर्याउदा एक युवकले आलियाको हात समात्न कोसिस गर्दा उनले चिच्याउँदै ‘यहाँबाट हट्नुहोस् भनेको भारतिय मिडियाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया