Balbalika yojya1

०८ पुस, राजविराज दिलिप  साह। बालबालिकाको समग्र विकास लागि स्थानीय निकायमा बजेट विनियोजन गराउने उद्देश्यले योजना छनौट प्रक्रियमा बालबालिकाको सक्रिय सहभागिता बढदै गएको छ । आगामी आर्थिक वर्ष २०७४÷२०७५ को नगर स्तरीय योजनाको लागि बस्ती स्तरमा योजना छनौट प्रक्रिया सुरु भएपछि बालबालिका आफ्नो योजना सहित यस कार्यमा सक्रिय भएका हुन ।

विगतमा बस्ती स्तरको योजना छनौट प्रक्रियामा समाजका अगुवा, ठूलाबडाको हालीमुहालीले बालबालिकाको योजनाले प्राथमिकता पाइनरहेको अवस्थामा बालबालिका योजना छनौटमा सक्रियता बढाएको हनुमाननगर योगीनीमाइ नगरपालिका–६ की बालिका जयललिता भगतले बताइन ।

बालबालिकाले पुस्तकालय सहितको बाल भवन, नेतृत्व क्षमता तालिम, बालपत्रकारिता तालिम, विभिन्न खेलकुदका सामग्री, बालविवाह, दाँइजो प्रथा, बालश्रम विरुद्ध लगायत सचेतनामुलक कार्यक्रम प्राथमिकता साथ छनौट गरेर दिएको सामाजिक सहजकर्ता संजय यादवले जानकारी दिनुभयो ।सरकारले स्थानीय निकायमा बालबालिकाको लागि १५ प्रतिशत बजेट विनियोजन गरेपछि बालबालिकाको विकासमा थप टेवा पुग्नुकोसाथै योजना छनौटमा बालबालिकाको सक्रियता बढेको भन्दै हनुमाननगर योगीनीमाई नगरपालिका कार्यलयका सुजित चौधरीले भन्नुभयो, लक्षित वर्गको बजेट सोही वर्गमा खर्च गर्ने प्रावधान रहेको छ, यसले लक्षित वर्गको विकासमा निकै सहयोग पुगेको छ , यसमा कसैले रकम यताउता गर्न पाइदैनन् ।

नगर स्तरीय योजना छनौटका लागि गाउँबस्तीमा सार्वजनिक भेला÷बैठकबाट नै योजना छनौट भएर आएपछि एकिकृत योजना समितिले प्राथमिकता हेरेर नगर स्तरीय योजना छनौट गर्ने प्रावधान रहेको महिला बालबालिका तथा युवा सशक्तिकरण नेपालका अध्यक्ष बौआलाल यादवले बताउनुभयो । बालबालिकाको समस्या बालबालिकाले नै बढी बुझने गर्दछ, त्यसैले अरु भन्दा बालबालिकाले मात्र सही योजना छनौट गर्दछ उहाँले भन्नुभयो ।

उक्त नगरपालिकाको प्रत्येक वार्डको बस्तीबाट योजना छनौट गर्न गत मंसिर २६ गतेबाट योजना छनौट प्रक्रिया थालिएको हो । गत वर्ष नगरपालिका घोषित हनुमाननगर योगीनीमाई नगरपालिकामा १० वटा वार्ड रहेको छ । योजना छनौटमा वार्ड स्तरीय बाल क्लब, बाल सञ्जालका पदाधिकारी तथा बस्तीका अन्य बालबालिकाको बाक्लो सहभागिता रहेका छन ।

तपाईको प्रतिक्रिया