मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मेहनतले राम्रै प्रतिफल दिलाउनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। तापनि, आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउला। बौद्धिक व्यक्तिहरूसँग अनावश्यक प्रतिस्पर्धा हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउला। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। आफ्नाले सहयोग नगर्दा अवसर फुत्किएला। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्नेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्ला। आमाको माध्यमबाट काम बनाउन सकिनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ। मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अधैर्य व्यवहारले समस्या निम्त्याउला। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। मेहनत गर्दा रोकिएको काम बनाउन सकिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा हुने देखिन्छ। आगन्तुकले अलमल्याउन सक्छन्। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। सानो त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। पहिलेको योजना स्थगित हुनेछ भने नयाँ योजना बनाउँदैमा समय बित्न सक्छ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मेहनतले आम्दानी बढाउनेछ। सानो प्रयत्न गर्दा ठूलो परिमाणमा लाभ हुनेछ। श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य धन आर्जन हुनेछ। सहयोगीहरू जुट्नाले दिन उत्साहवर्द्धक रहला। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। भेटघाटले काममा उत्साह बढाउला। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रयत्न गर्दा जिम्मेवारी पाइनेछ तर फाइदा कम हुनेछ। पुरानो गतिले काम बिग्रन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सहयोगीहरूको भर पर्दा दु:ख मात्र पाइनेछ। सामान्य अवसर प्राप्त भए पनि ठूलो उपलब्धिका लागि समय पर्खनुहोला। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जाला । धेरैलाई फाइदा हुने काम गर्न नसकिएला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। घरेलु समस्यामै अल्झनुपर्ला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ।नेपालिपात्रो