15683434_1266371300077461_479786714_n
दुहवी पुष ९ /दुहवीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिक १२ करोडको कारोबार गर्दै आएको छ ।
१६औं वार्षिक साधारणसभाका अवसरमा सार्वजनिक प्रतिवेदनमा ग्रामिण भेगलाई लक्षित गरी संचालनमा रहेको संस्थाले १२ करोड वार्षिक कारोबार गर्दै आएको जनाइएको हो ।वार्षिक १२ करोडको आर्थिक कारोबार गरेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था दुहवीले ७ लाख ४१ हजार रुपैंया मुनाफा कमाएको छ ।

15730830_1266372400077351_915063187_n
१८ सय बढी सेयर सदस्य रहेको उक्त संस्थाको सेयर पुँजि १ करोड ३४ लाख ६८ हजार रहेको संस्थाका अध्यक्ष मिलिराम चौधरीले जानकारी दिनुभयो । संस्थाको बचत संकलन र फिर्ताको स्थिती ४४ करोड ४६ हजार १ सय ८९ रहेको साधारण सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा नेपाल सहकारी बैंक लिमिटेडका संयोजक रमेशराज पोखरेल लगायतको उपस्थिती रहेको थियो । साधारण सभाको अवसरमा उत्कृष्ट ऋणी सहित विभिन्न ५ विधा का उत्कृष्ठ ठहरिएकाहरुलाई सम्मान गरिएको थियो । संस्थाको नव निर्मित भवनको समेत उद्घाटन गरिएको छ।

तपाईको प्रतिक्रिया